Comments Add Comment

आज वि.सं. २०७६ कात्तिक १९ गते मंगलबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ कात्तिक १९। मंगलबार। इ.स. २०१९ नोभेम्बर ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। अष्टमी, ६:३० उप्रान्त नवमी। नक्षत्र– धनिष्ठा, ३२:०४ बजेउप्रान्त शतभिषा। योग– गण्ड, १०:११ बजेउप्रान्त वृद्धि। करण– वव, ६:३० बजेदेखि वालव, १९:१८ बजेउप्रान्त कौलव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– मकर, १८:५६ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी ५ पला। धनिष्ठा पञ्चक १८:५६ बजे प्रारम्भ। बैतडीको सिलङ्गामा महारुद्र कोटिहोम मेला।

राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । मणीय र सुखद् यात्राको योग छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकका व्यक्तिबाट धोका पाईन सक्नेछ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योगछ । राज्यबाट मान सम्मान पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बहुमुल्य वस्तु हात पर्ने सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । सामान हराउन सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर