Comments Add Comment

मकवानपुर प्रहरीले हेटौंडाबाट अमेरिकी डलरसहित ४ जना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाबाट अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल र डलर बरामद गरेको छ । उनिहरुलाई हेटौंडा–१७ सालकपार्कमा भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

अमेरिकी डलर देखाई ठगी गर्ने ५ जना मध्ये ४ जनालाई पक्राउ गरिएको र अरु एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए । उनिहरुबाट प्रहरीले ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर र ६ हजार २ सय १० नेपाली रुपैयाँसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ बस्ने २१ वर्षीय हरि भन्ने सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय सुक भन्ने देवा डुम्जुन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर