Comments Add Comment

कैलाशमा माघ ८ गते सोनाम ल्होसार मेला हुने

तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्होसार मेला आयोजना गरिने भएको छ । कैलाश २ मा रहेको बैकुण्ठमा माघ ८ गते ल्होसार पर्व मनाउने तयारी थालिएको हो ।

स्थानीय विनोद मुक्तानको संयोजकत्वमा ल्होसार संयोजन समिति निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र संस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतका झाँकिहरुको प्रस्तुति रहनेछ । ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको संस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष घिसिङको भनाइ छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै