Comments Add Comment

अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिन्छन्– एकालाल श्रेष्ठ

मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठले अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिने बताएका छन् । मंगलबार हेटौंडा १४ मा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले मुलुक जोगाउने एकमात्र पार्टी नेकपा एमाले भएकोले एमालेका मतदातासहित अन्य पार्टीकाले पनि एमालेमा मत दिने बिश्वास व्यक्त गरे ।

एमालेले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एमाले सधैं लागिरहेको बताए । श्रेष्ठले आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको बताए । सरकारमा रहदा विभिन्न गेम चेन्जर योजनाहरु सुरु गरेको र सुरु गर्ने चरणमा रहेकोले त्यसलाई सम्पन्न गर्न पनि एमालेको सरकार बन्नु आवश्यक रहेको धारणा राखे । केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता, गुमेको भुभागलाई नक्समा समाहित गर्दै नागरिकका मुर्छित सपनालाई जगाउने काम गरेको उनको भनाइ छ ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।
यसैगरी मंगलबार नै एमालेका उम्मेदवार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै कोणसभालाई सम्बोधन पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर