आज आईतबार सुनमा ३०० रुपैँयाले गिरावट भएको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ‍९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।