
स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेकपा समाजवादीकी मिना कुमारी लामा निर्वाचित भएकी छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका रजेश बानियाँ निर्वाचित भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मत गणनाको परिणाम अनुसार लामा इतिहास रच्दै हेटौंडाको पहिलो महिला मेयर बनेकी हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल र राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहलाई पराजित गर्दै मेयर पदमा निर्वाचित भएकी हुन् । लामाले २३ हाजार ७५ मत प्राप्त गरेकी थिईन् भने एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ मत र राप्रपाका दिपक बहादुर सिंहले २० हजार ५ सय ३१ मत पाएका थिए । यसैगरि उपमेयरमा नेपाली कांग्रेसका राजेश बानीयाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याईन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




