Comments Add Comment

मकवानपुरको इन्द्रसरोवरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शनिबार हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक इन्द्रसरोवर गाउँपालिका –२ सिमखोलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार ओभर स्पिडका कारण गाडी सडकमै पल्टिएको छ ।

गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि २ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा र ५ जनालाई हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि पठाएकामध्ये ३ जनाको हेटौंडामा र एक जनाको काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर