यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

निबृत्त शिक्षक समाज मकवानपुरले गर्यो भर्चुअल शुभकामना आदानप्रदान



Advertisement
नेपाल निबृत्त शिक्षक समाज मकवानपुर जिल्ला समितिको आयोजनामा शुभ विजयादशमी तथा दिपावलीको पावन अवसरमा भर्चुअल शुभकामना आदानप्रदान तथा साहित्य गोष्टी सम्पन्न शनिबार भएको छ । नेपाल निबृत्त शिक्षक समाज केन्द्रिय का वा अध्यक्ष ध्रुवराज शर्मा अर्याल प्रमूख आतिथ्यतामा तथा मकवानपुर जिल्ला समितिका अध्यक्ष शिबदयाल यादवको अध्यक्षतामा सम्पन्न हो । कार्यक्रममा केन्द्रिय समिति सल्लाहकार शिक्षाविद् रमाकान्त सापकोटा शिक्षा विकास तथा समन्ववय इकाइ मकवानपुर प्रमूख लिलानाथ गौतमको विशेष आतिथ्यता रहेको थियो ।
देशभरबाट प्रतिनिधीमूलक रुपमा उपस्थित निबृत्त शिक्षकहरुले कार्यक्रममा आ आफ्नो साहित्यिक रचना वाचन गर्नुका साथ साथै शुभकामना आदानप्रदान गरेका थिए । कोभिड १९ को संक्रमण र त्यसको प्रभावलाई लक्षित गरी पछिल्ला कार्यक्रमहरु भर्चुअल रुपमा सञ्चालन गरिदै आएको मकवानपुर जिल्ला सचिव अभिमन्यू गौतमले बताउनुभएको हो । नेपाल निबृत्त शिक्षक समाज केन्द्रिय समितिका महासचिव ईश्वर बहादुर श्रेष्ठ, सहकोषाध्यक्ष खिमकान्त पराजुली, सदस्य गेहेन्द्रराज विष्ठ, तोयानाथ लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सचिव अभिमन्यू गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमलाई कोषाध्यक्ष ओम चौलागाईँले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सुर्यप्रकाश जमरकट्टेल, लकास पौडेल, भुवानीप्रसाद पौडेल, चुँडामणी औली, सुवास खनाल, ज्ञानप्रसाद चौलागाँई, ह्याग्रिव आचार्य, चेतप्रसाद पौडेल, जनार्दन खनाल, बिक्रमबहादुर कायस्थ, हरि घिमिरे, शीब त्रिपाठी, ऋषीकेष बराल, छवीलाल आचार्य, नारायणी अधिकारी, जयराम भण्डारी, जया श्रेष्ठ, दुर्गाप्रसाद दाहाल, दया यादव लगायतकाले रचना वाचन गर्नुभएको थियो।