Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आँचलको आयोजनामा बलात्कारविरुद्ध कविता वाचन

Company Register

हेटौडा – आँचल साहित्य कला पुञ्ज मकवानपुरले बलात्कार विरुद्ध कविता वाचन कार्यक्रम शनिवार भर्चुअल माध्यम जुममार्फत् सम्पन्न गरेको छ ।

Advertisement

देशमा समस्याको रुपमा रहेको बलात्कारको घटना दिन प्रतिदिन बढिरहेको अवस्थामा आँचलले सो कार्यक्रमको आयोजना गरेको हो । कवि तथा साहित्यकार सरिता तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम देशका विभिन्न क्षेत्रका कवि साहित्यकारहरूको सहभागितामा भएको थियो ।

कार्यक्रममा उपस्थित कविहरूले बलात्कार विरुद्धका रचना वाचन गर्नु भएको थियो । यस्तो घटनामा व्यक्तिले एकअर्काप्रति दोषारोपण नगरी सबै जनाले आआफ्नो ठाउँबाट घटना न्युनीकरणको लागि लाग्नु पर्ने बताउँदै प्रमुख अतिथि तिवारीले घरघरबाट र विद्यालय तहदेखि नै यस्तो घटना बारे चासो दिँदै सचेतता अपनाउनु पर्ने विचार व्यक्त गर्नु भयो ।

सर्जक सञ्जाल तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल तथा व्यङ्ग्यकार आर. सी. रिजालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कविहरू टिका आत्रेय, सुवास खनाल, सामना पहाड, देवराज तिवारी, नीरा शर्मा, राधा कोइराला, मुना चौधरी, भगवती बस्नेत, पुष्प पराग, अम्बिका कार्की, अजवी पौडेल, पुर्णकला घिमिरे, डि. वि. बर्तौला, अनु रोक्का, लक्ष्मी चौलागाईँ, चण्डिका गौतम, अस्मिता मानन्धर, रेजा विष्ट लगायतले रचना वाचन गर्नु भएको थियो ।

आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आँचलकी सदस्य बगेकी गंगाले स्वागत मन्तव्य राखेकी थिइन् साथै संस्थाकी सचिव भावना सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...