भरतपुरमा रेनु दाहालको अग्रता कायमै

अनलाइन पत्र संवाददाता२०७९-०२-०८ No Comments

माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । पछिल्लो मत परिणामअनुसार उनले ३२५१९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २५,५८० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ भने गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३४,९३४ मत प्राप्त गरेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले २०,०३१ मत प्राप्त गरेकी छिन् ।

Ad
Ad