अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलबाट राजिनामा

अनलाइन पत्र संवाददाता२०७६-०७-२४ No Comments

अनियमिताताको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री त्रिलोन भट्टसमक्ष राज्यमन्त्री रावलले राजीनामा दिएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले पुष्टि गरे ।


कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसको शेयर विक्री ठगी र कीर्ते गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ । रावलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गरिरहेको छ ।


राजिनामा दिएका रावलले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको बताए । नेकपाका सांसद रावल कञ्चनपुर क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए ।

Chat Icon
Ad
Ad