
मकवानपुर – मकवानपुर जिल्ला प्रहरीले नेपाल आयल निगम थानकोट डिपोका नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको आरोपमा चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले नेपाल आयल निगम, अम्लेखगञ्ज डिपोबाट थानकोटतर्फ गइरहेको ना.४.ख ९३७७ नम्बरको पेट्रोल ट्याङ्करबाट अवैध रूपमा पेट्रोल झिकिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा.लि. मा यो अवैध कार्य भइरहेको बेला चालकसहित चार जना पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना ट्याङ्कर चालक र तीन जना पेट्रोल पम्पका कर्मचारी छन् र उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




