Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक संगठन मकवानपुरले गर्यो राष्ट्रब्यापी देउसीभैलो कार्यक्रम

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समितिको आयोजनामा राष्ट्रब्यापी अनलाईन देउसीभैलो कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शिक्षक संगठन  राष्ट्रिय  समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यता तथा महासचिव हंशबहादुर साहीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement

प्रत्येक शुक्रवार बेलुकी ७ बजे  ननिदाएका शिक्षकहरु कार्यक्रम सञ्चालन हुने समय पारी मकवानपुरले देउसीभैलो कार्यक्रम आयोजना गरेको हो । शिक्षक संगठन मकवानपुरले देशमा कोभिड १९ को स‌ंक्रमण फैलिए यता बिभिन्न रचनात्मक कार्य गर्दै आएको छ । जसमध्ये राष्ट्रिय समितिको परिकल्पनामा जिल्ला समिति मकवानपुरले ननिदाएका शिक्षकहरु कार्यक्रम स‌योजन गर्दै आएको छ। कार्यक्रममा देशभरका सातवटै प्रदेसबाट प्रतिनिधीमूलक सहभागिता रहेको मकवानपुर जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।

नेपालीहरुको महान पर्व शुभदिपावलीको पावन अवशर पारी आयोजना भएको कार्यक्रममा प्रदेश नं १ बाट झापा जिल्ला रुद्रप्रसाद संग्रौला सहित ६ जनाको सहभागिता रहेको थियो । त्यसैगरी प्रदेश २ रौतहटबाट स‌ंगठन उपाध्यक्ष रिता अधिकारीको नेतृत्व सहित ३ जनाको प्रस्तुती थियो भने मोरङ् जिल्लाबाट संगठन सहसचिव रिता पाठक दाहाल सहित ५ जनाले सहभागिता जनाएका थिए । त्यसैगरी वागमती प्रदेशबाट आयोजक मकवानपुर जिल्ला संगठन सचिवालय सदस्य कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा शिब प्रसाद लामिछाने सहित १० जनाको प्रस्तुती रहेको थियो भने हेटौंडा दोहोरी साँझका प्रोपाईटर बिवेक लामाले छायाँकंन  स्टुडियो तथा संगितकार सुनिल केसी लगायतको समूहले वाद्यवाधनका निम्ति सहयोग गरेको अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

त्यसैगरी स्याङ्जा जिल्लाबाट हरिप्रसाद काफ्ले सहित १२ जनाको समूह,रुपन्देही जिल्लाबाट नीरमायाँ थापा सहित ११ जनाको समूह, सुर्खेत जिल्लाबाट भूपेन्द्र चन्द सहित १५ जनाको समूह र कैलाली जिल्लाबाट सुप संगठन प्रदेश कमिटि अध्यक्ष नरबहादुर रावलको नेतृत्वमा करिव १३ जनाको समूहले कार्यक्रममा सहभागिता जनाएको अध्यक्ष दाहालले बताउनुभयो ।

कार्यक्रममा संगठन पूर्व महासचिव रमाकान्त सापकोटा, केन्द्रिय प्रतिनिधी रमेशप्रसाद लामिछाने,वागमती प्रदेश सचिव राजेन्द्र कुमार श्रेष्ठ, सचिवालय सदस्य मोहन शर्मा, पूर्ण पुरी शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन मकवानपुर सल्लाहकार पिताम्वर वास्तोला, शिक्षक सहकारी अध्यक्ष  सिताराम दाहाल लगायत देशभरका बिभिन्न जिल्ला अध्यक्षहरु देखि स्थानीय निकायका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम अनलाईन भर्चुअल विधिबाट भएपनि एकैसाथ देशभरको कला संस्कृति र शैक्षिक अवस्थाबारे जानकारी दिलाउने र भातृत्व फैलाउनेगरी भएकोले अत्यन्तै फलदायी रहेको बक्ताहरुले बताएका हुन् । प्रमूख अतिथी लक्ष्मण शर्माले कार्यक्रमलाई संवोधन गर्दै देशको समसामयिक सवाल र मातहतका निकायलाई सांगठनिक निर्देशन समेत दिनुभएको थियो ।

कार्यक्रममा शिक्षक संगठन राष्ट्रिय समितिका उपाध्यक्ष जमूना चापागाई, सचिव अम्विका चापागाई, कोषाध्यक्ष बिष्णुप्रसाद भण्डारी, सदस्य भागिरथी धामी खड्का प्रदेश १ अध्यक्ष बुद्दीमान कार्की, सुप अध्यक्ष नरबहादुर रावल, लुम्विनी प्रदेश अध्यक्ष बिष्णु पोखरेल, आईसिटी ब्यूरो प्रमूख केशव प्रसाद घिमिरे,झापा जिल्ला उपाध्यक्ष द्रोण श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य दिनुभएको थियो । ननिदाएका शिक्षकहरु फेसबुक पेज र अनलाईनपत्र यूट्यूव च्यानलबाट प्रत्यक्ष प्रशारण भएको कार्यक्रम संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतमले सञ्चालन गरेका हुन् । देश विदेशबाट प्रत्यक्ष दर्शकको सहभागिता रहेको कार्यक्रमलाई कार्यक्रमका संयोजक कृष्ण प्रसाद पौडेलले स्वागत तथा पूर्व जिल्ला सचिव केशवप्रसाद सञ्जेलले ब्यानर ब्यवस्थापन गर्नुभएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...