Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोभिडका कारण ज्यान गुमाउने शिक्षकको संझनामा शोक पारित

निवृत्त शिक्षक समाज केन्द्रीय समितिको बैठक सम्पन्न

Company Register

 

.नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको भर्चुअल बैठक अध्यक्ष चुडामणी शर्माको अध्यक्षतामा आईतबार सम्पन्न भएको छ । बैठकले कोरोना भाईरस कोभिड १९ बाट ज्यान गुमाउन पुगेका शिक्षक तथा निवृत्त शिक्षकहरुको सम्मान एवम् संझनामा शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

Advertisement

बैठकले हाल कोरोना भाईरस कोभिड १९ को संक्रमणमा परी उपचाररत शिक्षक एवम् निवृत्त शिक्षक तथा विद्यालय कर्मचारीको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवारप्रति समवेदना समेत ब्यक्त गरेको केन्द्रीय सूचना संयोजक अभिमन्यू गौतमले बताउनुभयो ।

समूदायको अग्रभागमा रहेर काम गर्ने शिक्षकलाई सरकारले समयमा नै खोप तथा स्वास्य्य सुरक्षाका सामग्री उपलब्ध गराउन नसकेकोले ठूलो क्षती ब्योहोर्नुपरेको बैठकमा सहभागी शिक्षकहरुले आरोप समेत लगाएका छन् । शिक्षक एवम् निवृत्त शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमाथि संवेदनशील हुन पनि बैठकमार्फत शिक्षकहरुले सरकारसंग आग्रह गरेका हुन् ।

समाजको यही जेष्ठ महिनाभित्र सम्पन्न गरिने भनिएको राष्ट्रिय महाधिवेशन पनि कोरोनाका कारण स्थगित भएको छ । परिस्थिती सहज भए आगामी मंसिर महिना सम्ममा राष्ट्रिय महाधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुको पनि अधिवेशन सम्पन्न गर्ने बैठकले निर्णय गरेको सूचना संयोजक अभिमन्यू गौतमले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय समिति बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, महेन्द्र बम, रमा घिमिरे, महासचिव ईश्वर बहादुर श्रेष्ठ, सचिव बिक्रम बहादुर कायस्थ, सहकोषाध्यक्ष खिमकान्त पराजुली, सदस्य टेकबहादुर केसी, गेहेन्द्र बिष्ट, प्रमूख सल्लाहकार रमाकान्त सापकोटा, चुडामणी ओली, गण्डकी प्रदेश संयोजक तोयानाथ लामीछाने, लुम्विनी प्देश संयोजक यज्ञबहादुर ओली, वागमती संयोजक ऋषी बराल, लगायतको उपस्थिती रहेको थियो । सूचना संयोजक अभिमन्यू गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा देशभरका बिभिन्न जिल्ला अध्यक्षहरुको समेत भर्चूअल उपस्थिती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...