Comments Add Comment

हेटौँडामा मोटरसाईकल र स्कुटर ठोक्कीयो

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको चाईनाक्वाटरमा मोटरसाईकल र स्कुटर एक आपसमा ठोक्कीदा दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग नवलपुर तर्फबाट आउँदै गरेको ना४१ प ६५७१ मोटर साईकल तथा विरित दिशाबाट आउँदै गरेको स्कुटर एक आपसमा ठोक्कीदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले खबरब्रेकलाई बताए ।

दुर्घटनामा मोटरसाईकल चालक सुवाश तामाङ स्कुटर चालक उज्वल श्रेष्ठ गम्भिर घाईते भएका छन् । मोटरसाईकल पछाडी बस्ने हेटौँडा ९ का अरुण महर्जन समेत घाईते छन् । मोटरसाईकल र स्कुटर चालकको अवस्था गम्भिर भएपछि उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाईएको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर