हेटौँडामा बुधबार पहिलो दिन कोरोना भाइरस विरुद्धको खोप ११३ जनाले लगाएका छन् । हेटौँडा अस्पतालमा बुधबारबाट कोरोना खोप केन्द्र स्थापना गरेर भ्याक्सिन लगाउने काम सुरु गरिएको थियो । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भ्याक्सिन हेटौँडा उपहानगरपालिका स्वास्थ्य इकाईलाई हस्तान्तरण गरेर खोपकेन्द्रको सुरुवात गरेका हुन् । बुधबार पहिलो दिन १ सय १३ जनाले खोप लगाएको जनस्वास्थ्य अधिकृत तथा कोभिड –१९ का फोकल पर्सन भोलाप्रसाद चौँलागाईले जानकारी दिएका छन् ।