भदौ २२ गते बुधबार चेपाङ समुदायको पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको तीन वटा जिल्लाहरु मकवानपुर , चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।