2025-12-07 8:44 am

मैदान जलमग्न भएपछि हेटौंडा र सिमराको खेल स्थगित , भोलि बिहान हुने

हेटौंडामा जारी चौथो संस्करणको सहिद स्मृती स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज हुने खेल वर्षाका कारण स्थगित भएको छ । हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज हुने भनिएको घरेलु टोली विजय युथ क्लव हेटौंडा र नवजनजागृती क्लव सिमराको खेल भारी वर्षाका कारण आजलाई स्थगित गरिएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले जनाएको छ ।

उक्त खेल भोलि बिहिबार बिहान ८:३० बजे हुने लामाले जनाएको छ । आज दिउँसो परेको भारी वर्षाका कारण खेल मैदान जलमग्न भएकाले खेल खेलाउन नसकिने भएको हो । त्यस्तै भोलि बिहिबार दिउँसो काठमाडौंको चर्च ब्वाईज क्लव र क्याम्रुनी एभिनियर क्लवबिच खेल हुने खेल संयोजक प्रताप विष्टले जनाएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad