Comments Add Comment

विश्वकप फुटबल : फ्रान्स र इंग्ल्यान्ड अन्तिम आठमा

फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा पोल्यान्डलाई ३–१ गोलले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको हो। त्यस्तै आईतबार राती नै भएको अर्को खेलमा सेनेगलमाथि ३–० गोलको जित निकाल्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।

फ्रान्सको जितमा ओलिभर जिरुड एक गोल गर्दा केलियल एमबाप्पेले दुई गोल गरे। यसैगरी इंग्ल्यान्डले पहिलो हाफमै दुई गोल गर्न सफल भएको थियो। इंग्ल्यान्डको जितको लागि जोर्डन हेन्डर्सन, ह्यारी केन , र बुकायो साकाले गोल गरे । अब इंग्ल्यान्ड र फ्रान्सबीच सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार भिडन्त हुनेछ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै