हेटौंडामा महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला आयोजना हुँदै

अनलाइन पत्र संवाददाता२०७६-११-१८ No Comments

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ ।

मेला यहि चैत १६ गते देखि २२ गतेसम्म हेटौंडाको पल्पसा सभागृह‌मा हुने आज पत्रकार सम्मेलन गरि मेलाको आयोजक टोलीले जानकारी गराएको छ । 

मेलामा विभिन्न किसिमका महिला उद्यमीका स्टल ,खानाका परिकारहरुको स्टल , महिलासम्बन्धी निशुल्क स्वास्थ्य शिविर , निशुल्क आँखा शिविर, निशुल्क थ्रेडिङको स्टल , निशुल्क मेहन्दीको स्टल सहित हरेक दिन स्थानिय कलाकारको सास्कृतिक प्रस्तुति,मकवानपुरका राष्ट्रिय कलाकारहरुको प्रस्तुती , खुल्ला नित्य प्रतियोगिता रहेको र मेलामा प्रवेश भने निशुल्क रहेको महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यले बताइन ।

महिला उद्यमीलाई प्रोत्शाहन गर्न र भ्रमण बर्षलाई सफल पार्न मेलाको आयोजना गर्न लागिएको मेला प्रचार प्रसार समिति संयोजक लक्ष्मी ढकालले बताइन। मेलामा कुल ११ लाख खर्च अनुमान गरेको आयोजकले जनाएको छ।

पत्रकार भेटघाटमा संघका पत्रकार भेटघाटमा कार्यवाहक अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य प्रतिमा श्रेष्ठ, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना,कुल प्रसाद चौलागाई लगायत महिला उद्यमीहरुको उपस्थितीे रहेको थियो।

Ad
Ad