Comments Add Comment

रेडियो थाहा र एकेडेमीको सहकार्यमा अडियो शिक्षण कक्षा

रेडियो थाहा संचार ९९.६ एफएमले अडियो शिक्षण कक्षा प्रसारण गर्दै आएको छ । कोरोना भाईरसको कारण करिब दई महिना देखी बिध्यालयहरु बन्द भएको र कहिलेदेखी खुल्ने भन्ने अन्यौलता देखिएपछि बिध्यार्थीहरुलाई मध्येनजर गर्दै रेडियोले अडियो शिक्षण कक्षा सुरु गरेको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताउनु भयो । हेटौडा एकेडेमीको सहकार्यमा रेडियोले सोमबार देखी बिभिन्न बिषयमा अडियो कक्षा सुरु गर्दै आएको हो ।

हेटौडा एकेडेमीमा अध्यापन गराई रहनुभएका अनुभबी शिक्षक शिक्षिकाहरु द्धारा दैनिक बिहान ८ बजे देखी ९ बजे सम्म रेडियो थाहा संचार ९९.६ मार्फत शिक्षण कक्षा सुरु गरीएको म्यानेजर गौतमले बताउनु भयो । हेटौडा एकेडेमीले बिध्यार्थीहरुको लागी लक्षीत गर्दै कार्यक्रम तयार परिएको हो ।

रेडियो संगको सहकार्यमा लकडाउनमा बसेका बिध्यार्थी भाईबहिनिहरुलाई पढने बानि अझ अगाडी बढोस भन्ने उदेश्यले अडियो मार्फत बिधयार्थीहरुलाई अध्यापन सुरु गरीएको एकेडेमीका प्रचार्य श्रीबहादुर कार्कीले बताउनु भयो ।

रेडियोले कार्यक्रमको पुन प्रसारण सोहीदिन दिउसो २ बजेको समाचारपछि गर्दै आएको छ । बिश्वले प्रबिधिमा ठुलो फडको मारेको अबस्थामा अब हामीले प्रबिधि प्रयोग गरेर अगाडी बढनुको बिकल्प रहेन त्यसैले हामीले रेडियो संगको सहकार्य अगाडी बढाएका हौ प्राचार्य कार्कीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर