मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सोमबार एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गर्नु भएको छ । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि गढी गाउँपालिकाको डुम्रेकुनामा एमाले गाउँ कमिटीको कार्यालय खोलिएको हो ।

नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष जीत बहादुर घिमिरेको अध्यक्षता र एमाले नेता तथा पुर्वा उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल क्षेष्ठ, पुर्व प्रदेश सभा सदस्य तथा एमाले नेता अनन्त पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मेम्बर लो, कृष्ण बहादुर गोले, विष्णु दंगाल, टिका दाहाल, चन्द्र बहादुर योन्जन, रमिला घलान, शिवहरी दाहाल, प्रमोद फुयाँल, फणिन्द्र राज घिमिरे, खिलारत्न लामा लगायतको उपस्थिति रहेको थियो ।