
निरन्तर वर्षाका कारण आएको बाढी पहिरोमा परी ८ जनाको ज्यान गएको छ । त्यस्तै बाढीले बगाएर चार जना बेपत्ता भएको छ ।
पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । पहिरोमा परी रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपामा पनि दुई जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको हो । यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी सिन्धुलीको फिक्कल गाउँपालिका–१, महादेवडाँडाकी हेमकुमारी सुनुवारको ज्यान गएको छ । यस्तै मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा घाईते भएको र उपचारको क्रममा अस्पतामा ज्यान गएको छ भने रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको पनि ज्यान गएको छ ।
यो खबर उज्यालो अनलाई नेटवर्कमा छ ।
Tags
No tags
About the Author
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






