डोजरको सहायताले उद्धार

Company Register

मकवानपुरमा एक जना गर्भवती महिलाको डोजरको सहायताले उद्धार गरिएको छ ।

भीमफेदी गाउँपालिकाको भैसे बागझोरा खोलामा बाढी आएका कारण गर्भवती महिलालाई हेटौँडा अस्पताल ल्याउन नसकेपछि डोजरको माध्यमले खोला तारिएको हो ।

Advertisement

Photo Source : Janapatra.com
ya thau khali xa

निरन्तरको वर्षाका कारण हेटौँडाको शान्तिनगरमा घर डुबानमा परेर समस्या भएकाहरुलाई उद्धार गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

यसैगरी, बागमती गाउँपालिका–१ सम्झना बजारको सीमानामा राईगाउँबाट हेटौँडा जाँदै गरेको यात्रुबाहक बस खेस्रे खोलामा रोकिएको छ ।
हेटौँडा उपमहानगरपालिका–१३ को कुखरेनी खोलामा पानी बढ्दै गएपछि प्रशासनले सतर्क रहन भनेको छ । वर्षा र पहिरोले गर्दा लाइन नभएपछि खानेपानी र सञ्चार सुविधामा समस्या भएको छ ।

Source : janapatra.com

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- Janapatra.com
Website Designe 1024×117
Loading...