नायिका रेखा थापाले निर्माण गर्ने सिनेमामा कोरियोग्राफर तथा निर्देशक रेनशा राई राणालाई अनुबन्धित गरिएको छ। रेनशाको जन्मदिनको अवसर पारेर रेखा फिल्मस्को ब्यानरमा बन्न लागेको सिनेमामा निर्देशकको रुपमा अनुबन्धित गरिएको हो।

दशै पछि छायांकनमा जाने सिनेमाको स्क्रिप्टको काम भने धमाधम भइरहेको छ। सिनेमाको नाम फाइनल नभए पनि सिनेमामा मल्टिस्टार रहने निर्माण टिमले जनाएको छ। सिनेमाको स्क्रिप्ट अभिमन्यू निरवीको हुनेछ।

‘इन्टु मिण्टु लण्डनमा’ जस्तो सफल सिनेमा निर्देशन गरेकी निर्देशक रेनशालाई रेखा थापाले आफ्नो सिनेमामा निर्देशकको रुपमा भित्र्याएपछि सिनेमा कस्तो बन्लान् भन्ने आमदर्शकमा चासो बढ्ने देखिन्छ। रेखा थापा आफै सफल कलाकार, निर्माताको रुपमा आइसकेको समयमा पहिलो सफल सिनेमा दिन सक्षम भएकी निर्देशक रेनाशाको दोस्रो निर्देशनमा बनेको सिनेमा कस्तो बन्ला भन्ने हेर्न बाँकी नै रहेको छ।

रेनशाले यस अघि जसिता गुरुङ, धिरज मगर लगायतका कलाकारलाई ‘आइ एम ट्वान्टि’ निर्माण तथा निर्देशन गर्ने उद्घोष गरिसकेकी छन्।