मकवानपुरको बकैया गाउँपालिकामा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ७ धुसघारी घर भएकी १० वर्षिया निशा लो को बकैया गाउँपालिका वडा नंम्बर ७ स्थित ममदमारको गोब्रेमा झुण्डिएको अवस्थामा मृत भेटिएको बकैया ७ का वडा सदस्य रामकुमार तितुङले जानकारी दिएका छन् ।

वडा सदस्य तितुङका अनुसार बुधबार दिउँसो घरबाट १५० मिटर पर रुखमा झुण्डिएको अवस्थामा बालिकाको मृत फेला परेको हो । उनको शव आज बिहिबार बिहान पोष्ट मास्र्टमका लागि हेटौंडा अस्पताल ल्याउँने वडा सदस्य तितुङले बताए । तितुङका अनुसार उनि केही वर्षदेखि नै आफ्नो आमासँग मामाघर बस्दै आएकी थिईन् ।