Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडामा १०० जनालाई राहत वितरण

Company Register

हेटौडा – मकवानपुर उद्योग वाणिज्य संघले कात्तिक १ गतेबाट शुरु गरेको राहत वितरण कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिएको छ ।

Advertisement

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा राहत वितरणको कार्यक्रमलाई बडा दशैको दोस्रो दिनमा पनि निरन्तरता दिइएको हो ।

कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट कार्य समिति सदस्य कृष्ण ढुंगाना, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

राहत वितरणको पहिलो दिन १०१ जनालाई राहत सामग्री वितरण गरिएकोमा आज दोस्रो दिन १०० जनालाई वितरण गरिएको संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिनुभएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...