मकवानपुरमा बिहिबार पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्यमा ३४ जना पुरुष र १७ जना महिला रहेका आयुर्वेद्ध तथा जनसंख्या प्रर्वद्धन शाखा हेटौँडाले जानकारी दिएका छन् । बिहिबार संक्रमण पुष्टि हुनेहरुमा राक्सीराङ गाउँपालिकाका ६ जना, बकैयाँ गाउँपालिकाका १ जना, मकवानपुर गढी गाउँपालिकाका एक जना, सिंधुली घर भएका हेटौंडामा कार्यरत १ जना, हेटौंडा औद्योगिक क्षेत्रका मजदुर तथा यही वडाका संक्रमित गरेर १० जना र अरु सवै हेटौंडा उपमहानगरपालिका क्षेत्रका संक्रमित रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् ।