Coronavirus COVID-19

शिक्षण क्रियाकलापमा बालबालिकाको सिकाइ निर्भर रहने – पनेरु

[Ads]

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा समिति मकवानपुरको प्रविधीमैत्री प्रशिक्षण आज अध्यक्ष मुकुन्द न्यौपानेकाो अध्यक्षतामा सम्पन्न भएको छ ।

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न समापन समारोहलाइ शिक्षा तालिम केन्द्र दीपायल, सुदुरपश्चिम प्रदेसका उपसचिव भिमप्रसाद पनेरु को प्रमुख आतिथ्यमा एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका विष्णु भणडारीको विशेष आतिथ्यता तथा प्रशिक्षणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सुदूर पश्चिम शैक्षक कार संवोधन गर्दै पनेरुले अण्डाको उदाहरण दिदै अण्डा भित्रबाट फूटेमा चल्ला निस्कने र बाहिरबाट फूटे बिग्रने भन्दै बालबालिकामा रहेको प्रतिभा प्रफूष्टन गराउनमा मूख्य हात शिक्षकको रहने बताउनुभयो । त्यसैले बालबालिकाको सिकाइ शिक्षण क्रियाकलापमा निर्भर रहने भएकोले शिक्षक नै यसको मूख्य भूमिका निर्वाहकर्ता रहनेमा जोड दिनुभयो । संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभएको हो ।

दोस्रो दिनको कार्यक्रममा, संगठन केन्द्रीय सदस्य पद्मा पौडेल, मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल,उपाध्यक्ष लक्ष्मी गजुरेल, रसुवा अध्यक्ष मोचनाथ न्याौपाने, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, थाहानगर अध्यक्ष रमेशमान डंगोल,नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस , सचिवालय सदस्य मोहन शर्मा,मकवानपुर जिल्ला सल्लाहकार,पिताम्वर वास्तोला, सहसचिव प्रतिमा गौतम सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवा का बिष्णुप्रसाद पौड्याल,लगायतकाको उपस्थिती रहेको थियो ।

नगर समिति मकवानपुरले नियमित समयमा नै १२ बजेदेखि प्रशिक्षण सञ्चालन गर्ने र जेष्ठ १० गते दोस्रो नगर परिषद गर्ने जनाएको छ भने जेष्ठ ११ गतेदेखि संगठन जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभएको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...