Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

देशभर कोरोना संक्रमितहरु ८३ जना भेन्टिलेटरमा , ४११ आईसीयुमा उपचार हुँदै

Company Register

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ सय ९४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आईसीयूमा उपचाररत छन्। आइसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना रहेको छ ।

Advertisement

त्यसैगरी ५२ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ५४ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश २ मा ८ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचाररत भइरहेको मन्त्रालयले जनाएको छ। सुदुरपश्चिममा १५ आईसीयू र १ जना भेन्टिलेटरमा तथा गण्डकी प्रदेशमा ७२ आईसीयू र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...