नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ पर्नेछ भने डिजेल–मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । मुल्य गएरातीदेखि लागु हुने निगमले जनाएको छ ।