नेपालमा हाल पश्चिमी वायुको प्रभाव र केही हदसम्म स्थानीय वायुको प्रभावले मौसम परिवर्तन भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले जानकारी दिएअनुसार, कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भागमा मौसम सफा रहेको छ।
आज दिउँसो र राति पनि विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायतका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
रातको समयमा पनि यस्तै मौसम स्थिति रहन सक्नेछ, तर बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहनेछ।