यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

डा.केसी शिक्षण अस्पतालको आकस्मिक कक्षमा आवश्यक चेकजाँच गरिदैँ


डा. गोविन्द केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। मंगलबार विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टरको आकस्मिक कक्ष लगिएको केही घण्टामै त्यहाँबाट शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याएर आवश्यक चेकजाँच गर्ने तयारी गरिएको हो।

Advertisement
यसअघि उनलाई ट्रमाबाट शिक्षण अस्पताल जान चाहेपछि चिकित्सकहरुले उनलाई जान दिएका थिए। उनका समर्थकहरुले ट्रमा सेन्टरमा चिकित्सकहरुलाइ धन्यवाद दिएका छन्। डा. गोविन्द केसीलाई विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टरको आकस्मिक कक्ष लगिएपछि सुरक्षाकर्मीको कडा पहराबीच राखिएको थियो। साथै ट्रमा सेन्टरको इमर्जेन्सी कक्षबाहिर प्रहरी तैनाथ गरिएको थियो भने डा।केसीका समर्थकहरुले प्रहरीलाई गुण्डागर्दी नगर्न भन्दै झगडा गरेका थिए। जुम्लामा १९औ अनशन बसेका डा. गोविन्द केसी नेपालगञ्जबाट बुद्ध एयरको उडानमार्फत दिउँसो काठमाडौँ ओर्लिएका थिए। तर केसीलाई विमानस्थलबाट सोझै ट्रमा सेन्टर लगिएको थियो ।