गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन बिहिबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिजपाटीलाई दिएको जानकारी अनुसार जोर विजोरसँगै बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सार्वजनिक सवारीका साधन पूर्ण रुपमा बन्द गरिनेछ । जोर विजोर प्रणाली भने २ सय जना संक्रिय कोरोना संक्रमित भएका जिल्लामा लागू हुनेछ ।

सरकारले असार २६ गतेबाट जोर विजोर हटाएर काठमाडौँ उपत्यकाका तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक सवारीका साधनलाई चल्न दिने निर्णय गरेको थियो । भदौ १ देखि लामो दुरीका सवारी साधन चलाउने तयारी भईरहेका बेला पुनः जोर विजोर प्रणाली लागू भएको हो ।