मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिइएको छ । हेटौंडामा रहेको इस्थर बेन्जामिन स्मृति संस्थाको विशेष सहयोगमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री र कोभिड –१९ स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री वितरण गरिएको हो ।

Image may contain: 2 people, people standing

मनहरी –६ मा रहेको जनजाति उत्थान आधारभूत बिद्यालय र बाल ज्योति प्राथमिक बिद्यालयमा अध्ययनरत एक सय जना बिद्यार्थीलाई सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला संयोजक बुद्ध लामा तामाङ ,संस्था परियोजना अधिकृत दिनेश हुमागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , बिद्यालयका शिक्षकहरु, संचारकर्मि जयराम मुक्तान लगाएतकाको उपस्थिति रहेको थियो ।

Image may contain: one or more people, people sitting, people on stage, child and outdoor