Comments Add Comment

टेक्ससमा जथाभावी गोली प्रहार, पाँचको हत्या, १६ घाइते

अमेरिकाको टेक्सस राज्यमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। गाडिमा चढेर ओरपरका मानिसहरूमाथि ती व्यक्तिले जथाभावी गोली प्रहार गरेको ‌ओडेसा नगर प्रहरीले जनाएको छ।

बिबिका अनुसार संदिग्ध गोरा पुरुषलाई पनि गोली हानेर मारिएको छ। प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर उनलाई मारिदिएको बताइएको छ।

गोलीकाण्डको उद्देश्य थाहा भएको छैन। ओडेसा नगर प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए।

करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसर नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेका थिए।

उनको गोली लागेर प्रहरी पनि घाइते भएका छन्। गोलीकाण्ड लगत्तै ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले घटनाको जानकारी लिइरहेको जनाएका छन्।

टेक्ससको एल पासो नगरमा ठीक चार साता अगाडि पनि गोलीकाण्ड भएको थियो। उक्त गोलीकाण्डमा २२ जना मारिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर