समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेकी छिन् । उनले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।

नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । प्रस्ताव फिर्ता नलिए कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो ।