अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले उमेद्वार छानिएको छ । प्रदेश सभा तर्फ मकवानपुर क्षेत्र नं. १ को (क) बाट प्रेम बहादुर पुलामी (छिन्तु)लाई टिकट दिएको छ भने मकवानपुर क्षेत्र नं. २ को (क) बाट कुमारी मुक्तानलाई टिकट दिएको छ । उनिहरु दुबैजना यस अघि पनि सोहि क्षेत्रबाट विजयी भएका थिए । मुक्तान हाल बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् ।