Comments Add Comment

लोकप्रिय अभिनेता विवेकको निधन

एजेन्सी – तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको उपचारको क्रममा चेन्नईको एक अस्पतालमा निधन भएको छ । विवेकको शुक्रबार बेलुकी साढे चारमा निधन भएको अस्पतालको तर्फबाट जारी गरिएको मेडिकल बुलेटिनमा उल्लेख छ ।

विवेकलाई शुक्रबार बिहान करिब ११ बजे छातीमा पीडा भएपछि बेहोसीको स्थितिमा अस्पतालको इमर्जेन्सी रुममा ल्याइएको थियो । बिग्रँदो स्थिति देखेर उनकी श्रीमती र छोरीले उनलाई अस्पताल पुर्‍याएका थिए ।

अस्पतालका उपाध्यक्ष डाक्टर राजू शिवसामीले यो अचानक आएको तीब्र कोरोनरी सिन्ड्रोमका साथै कार्डियोजेनिक शकका कारण भएको बताए । यसको कोरोना भ्याक्सिनसँग कुनै लेनादेना छैन । साथै रिपोर्टमार्फत् उनलाई कोरोनाको संक्रमणसमेत नभएको पुष्टि भएको छ ।

विवेकलाई पहिलो पटक यसरी अस्पताल ल्याइएको थियो । उनको रक्तचाप थोरै हाई थियो । अभिनेताको निधनले प्रशंसकबीच शोक व्यत्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर