मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठलाई

अनलाइन पत्र संवाददाता२०७७ मंसिर २० No Comments

यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । कारोना कहरका बीच भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै  श्रेष्ठले उपाधि जितेकी हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।
सो प्रश्नमा उनको उत्तर उत्कृष्ण ठहरिएको थियो ।
यसैबीच मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या  शर्माले जितेकी छिन् ।

Ad
Ad