2025-12-10 12:56 am

चर्चित हास्य अभिनेता वेणु माधवको निधन

एजेन्सी – चर्चित हास्यकलाकार वेणु माधवको निधन भएको छ । दक्षिण भारतीय फिल्मका हास्य कलाकार वेणु माधवको आज बुधबार निधन भएको हो । धेरै नै फिल्मबाट दर्शकलाई हसाउने वेणु माधवको ३९ वर्षको उमेरमा एक्कासी अस्पतालमा निधन भएको हो । भारतिय मिडियाका अनुसार उनी मृगौला र कलेजोको समस्यासँग लामो समयदेखी जुधिरहेका थिए ।

आज अचानक उनी बिरामी भएपछी यशोदा हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा लाइफ सपोर्ट सिस्टमको साहारामा राखिएको थियो । यसैक्रममा उनको निधन भएको हो । उनको निधन भए लगत्तै उनलाई धेरैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad