बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । आज बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो । उता विश्वासको मत लिनका लागि सबै तयारी भइसकेको प्रदेश सचिवालयले जनाएको छ । गएको भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले आज विश्वासको मत प्राप्त गर्न नसेको अवस्थामा पदबाट हट्नु पर्ने हुन्छ र नयाँ मुख्यमन्त्रीको बाटो खुल्नेछ । उता सत्तासाझेदार गठबन्धनका दलहरुले भने नयाँ सरकार गठनको लागि यसअघि नै तयरी गरिरहेका छन् ।