आज दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुँदैछ । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना गर्ने तयारी गरेको छ । मतदानको एकदिन अघि तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणनाको काम तत्कालै सुरु गरिने जानकारी दिएका हुन् । आयुक्त थपलियाले भने, ‘सुरक्षित हिसाबले मतपेटिका गणनास्थलमा पुगिसकेपछि मतगणनाको काम सुरु गरिने छ, त्यस लगत्तै हामीले मतगणना सुरु गरिने छ।’