Comments Add Comment

आज देशका यी स्थानमा बर्षा र हिमपात

काठमाडौं – आज शुक्रबार काठमाडौं उपत्यकालगायत देशका केही स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको मध्य तथा पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा हल्का बदली भई पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज देशको पश्चिमी तराईका केही स्थानको मौसममा बदली हुनेछ ।

महाशाखाका अनुसार आज हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हसने जनाइएको छ । आज देशभरको मौसम एकैछिन उघ्रिए त्यसपछी फेरि बादल लागिहाल्ने हुनेछ । आज बेलुकादेखी भने देशको धेरै स्थानमा पानी पर्न रोकिने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर