नेपालीहरुको नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा मकवानपुरका महिला पत्रकारहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । बुधबार पत्रकार महासंघ मकवानपुरको आयोजना तथा सञ्चारिका समुह मकवानपुरको व्यवस्थापनमा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महिला पत्रकारहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । कार्यक्रम पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले महिला पत्रकारहरुका लागि सुत्केरी भत्तालाई पनि प्राथमिकता दिने बताए । यसैगरी फिचर लेखन तथा भिडियो सम्पादन तालिम पनि पत्रकारहरुको माग रहेकाले यस कार्यक्रम पनि गरिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का,नेपाल पत्रकार महासंघ बागमती प्रदेश सस्थापक अध्यक्ष प्रताप बिस्ट,उपाध्यक्ष सम्झना कार्की,सन्चारिका समुह प्रदेश अध्यक्ष सरिता दाहाल,प्रेश युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी,प्रेस चौतारी मकवानपुर सचीव रुपक कालिराज,प्रेश संगठनका मकवानपुर अध्यक्ष अन्जली थापा ,समाजबादी प्रेश संगठनका जिल्ला अध्यक्ष शिव चौलागाईं र जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।