मकवानपुरमा शुक्रबार एकैदिन थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा गरिएको पिसिआर एन्टीजेन परीक्षणमा थप १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा ७५ जना हेटौंडा उपमहानगरपालिका भित्रका,थाहा नगरपालिका भित्रका १२ जना,मनहरी गाउँपालिका भित्रका ९ जना,मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना,बागमती,कैलाश,भीमफेदी र बकैया गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा संक्रिय सक्रमितको संख्या ७ सय ९ पुगेको छ । यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप ८९ जनाले कोरोना जितेका छन् ।