Comments Add Comment

ह्वाट्सएपको एनिमेटेड स्टिकर फिचर उपलब्ध, यसरी गर्नुहोस प्रयोग

फेसबुकको स्वामित्व रहेको ह्वाट्सएपले एनिमेटेड स्टिकर फिचर सबैको लागि उपलब्ध गराएको छ । अहिले सम्म बेटा प्रयोगकर्ताको लागि मात्र उपलब्ध भएको एनिमेटेड स्टिकर फिचर अब सबैको लागि उपलब्ध भएको हो ।

अब ह्वाट्सएपबाट अरुलाई एनिमेटेड स्टिकर पठाउन र डाउनलोड गर्न सकिने छ । एनिमेटेड स्टिकर फिचर प्रयोग गर्न ह्वाट्सएपको लेटेस्ट भर्सन हुनु पर्ने छ । 

यो फिचर प्रयोग गर्न सुरुमा ह्वाट्सएप खोल्नुहोस । ह्वाट्सएप खोलि सकेपछि इमोजी अप्सनमा क्लिक गरी प्लस आईकनमा क्लिक गर्नुहोस । त्यसपछि अल स्टिकर अप्सनबाट स्टिकर डाउनलोड गरी प्रयोग गर्न सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर