नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ (ख) को आयोजनामा आउँदो चैत १२ गते शनिबार आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा शर्मा आउने भएका हुन् ।

हेटौंडामा प्रदेश (ख) क्षेत्रका सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधिमुलक क्रियाशील सदस्यहरुको सहभागितामा एक दिने प्रशिक्षण कार्यक्रम हुन लागेको सचिव गोर्कण सुवेदीले बताए । महामन्त्री शर्मा र विरेन्द्र शाहले कार्यक्रममा प्रशिक्षण दिनेछन् । कार्यक्रममा करिब २ सय ५० जनाको सहभागिता रहने सचिव सुवेदीले बताए ।