यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले ३ लाख भारतीय रुपैयाँ बरामद गरेको छ । महोत्तरीको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको हो । एपीएफ टोलीलाई देख्नासाथ उक्त भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले आफ्नो झोला छाडेर भागेका थिए । झोला चेकजाँच गर्दा ३ लाख भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।