Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सबै तहको परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस

Company Register

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सबै तहका परीक्षा स्थगन गर्न सिफारिस गरिएको छ । आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको हो । भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

Advertisement

बैठकमा काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् । यसअघि नेपालमा कोरोनाको जोखिम बढेसँगै सीसीएमसीले सबै विद्यालय वैशाख महिनाभर स्थगन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषदले लागू गरिसकेको छ । हिजो आईतबार मात्रै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ थपिएको छ भने एकैदिन ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तो छ सीसीएमसी बैठकको निर्णय

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...